दफा १०
मनमानी बर्खासी इत्यादीबाट बचाउ
:(१) कुनै प्रहरी कर्मचारीलाई बर्खास्त गर्दा,सेवाबाट हटाउँदा, दर्जा वा तलब घटाउँदा देहायको अवस्थामा बाहेक निजलाई सो गर्नु नपर्ने कारण देखाउन मुनासिव अवधि तोकी सफाइको मौका दिनु पर्छ :
(क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसूरदार ठहरीअदालतबाट कैदको सजाय पाएकोमा,
(ख) यस ऐन अन्तर्गतको अपराध ठहरी कैदको सजाय पाएकोमा, वा
(ग) सो सफाइको मौका दिन मनासिब नपर्ने अवस्था देखाई व्यहोरा खोली सजाय दिने अधिकारीले पर्चा खडा गरी राखेकोमा ।
(२) कुनै प्रहरी कर्मचारीलाई नियुक्ति गर्न सक्ने अधिकारीले मात्र बरखास्त गर्न, सेवाबाट हटाउन वा दर्जा वा तलब घटाउन सक्नेछ ।